जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको जन्म जयन्तिमा विशेष कार्यक्रम

काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औ जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको छ ।

नेपाल जैन परिषद्को आयोजनामा वैशाख १ गते पूर्व उपप्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

२६२१औं जन्म जयन्तिको अवसरमा काठमाडौंमा प्रभातफेरी समेत गरिएको थियो । चैत्र शुक्ल त्रयोदशीको दिन मनाउदै आएको यस जन्मजयन्तीलाई हर्षोउल्लासको साथ मनाउन हरेक वर्ष देश तथा विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जन्मजयन्ति मनाउदै आइरहेको थियो । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाई ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् ।

साढे १२ वर्षसम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाएको बताइन्छ ।

यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानीमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा विदेशबाट जैन धर्मका बिद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रम संयोजक सुमित जैनले बताए ।

नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा वैशाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना भएको थियो ।

You might also like
Comments
Loading...