दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आउनुभएका उनले सो कुरा बताएका हुन् ।

मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएकोे क्षेत्रलाई सरकारले संकटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका लागि योजना बनाउन लागिपरेको बताए । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अव दीर्घकालिनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढने उनले जानकारी गराए ।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै कटानसमेत गर्ने गरेको र त्यसबाट सयौँको संख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे ।

You might also like
Comments
Loading...