रुपन्देहीको रोहीणी बस दुर्घटनामा घाइतेको शीघ्र उपचार गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न  गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पुर्‍याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस दुुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । ।बुटवलको योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्य ५ जननो सनाखत भएको छ ।

रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ । बसमा सवार ३३ जना सबै घाइते छन् ।

त्यस्तै  घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताएका छन् । घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख केसीले यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको तदारुकताका साथ ध्यान दिएर उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले आग्रह गरेको जानकारी दिए ।

You might also like
Comments
Loading...