लुम्बिनी विकास बैंकद्वारा थप दुई शाखा विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई शाखा संचालनमा ल्याएको छ । बैकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्‍याउने उद्घेश्यले बैशाख २६ गतेदेखि थप दुई शाखा संचालनमा ल्याएको हो ।

नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखा कपिलबस्तुको शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखा बर्दिया जिल्ला मधुवन नगरपालिका ८, स्थित ताराताल शाखा रहेका छन् ।

बैंकको चन्द्रौटा शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सांसद अर्जुन के. सी. ले संयुक्त रुपमा गरेका हुन् । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।

आज खोलिएका दुई शाखा सहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणी मा समेत गरी थप ३ शाखाहरु खोल्नको लागी तयारी गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

You might also like
Comments
Loading...