लायन्सको सेकेन्ड भाइस गभर्नरमा मीलनबाबु मल्ल अफिसियल उम्मेदवार

काठमाडौं । लायन्स क्लब्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ जे, नेपालको पहिलो वार्षिक कन्भेन्सन आगामी चैत ११ गते हुने भएको छ । स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सहायता, नेतृत्व विकास साथै जनचेतनामुलक कार्यमा समर्पित लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ जे, नेपालको वार्षिक जिल्ला अधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभा गृह, प्रदशनी मार्गको सभाहलमा हुनेछ । आइतबार एक कार्यक्रमबीच डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले कन्भेन्सन कल गरेका छन् ।

डिष्ट्रिक्ट अन्तर्गत रहेका १२ जिल्लाका ८ सयदेखि १ हजार जना लायनहरुको उपस्थितिमा कन्भेन्सन सम्पन्न हुने डिष्ट्रिक्ट एडमिनिस्ट्रेटिभ चिफ मीलनबाबु मल्लले जानकारी दिए । कन्भेनरको जिम्मेवारीसमेत मल्लले प्राप्त गरेका छन् ।

अधिवेशनमा वार्षिक प्राप्त उपलब्धीहरुको समिक्षा, पुरस्कारहरु वितरण लगायतका गतिविधिसहित आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । उक्त डिष्ट्रिक्टबाट आगामी वर्षका लागि हरि मरठ्ठा गनर्भर, मीलन थापा फस्ट भाइस गभर्नर निर्वाचित हुनेछन् । सेकेन्ड भाइस गभर्नरका लागि मीलनबाबु मल्ल अफिसियल उम्मेदवार बन्ने डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

जुलाई १ देखि शुरु हुने कार्यकालको लागि तयारी गर्न यो विचको समय उपलब्ध गराउने लायन्सको परम्परा छ । उक्त अवसरमा अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त ‘कि नोट स्पिकर’हरु प्नि सहभागी गराउने कार्यक्रम रहेको मल्लले जानकारी दिए ।

कन्भेन्सन व्यवस्थित, सुविधा सम्पन्न र उत्कृष्ट तवरले सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर ध्रुव श्रेष्ठको नेतृत्वमा ३९७ सदस्यीय मूल आयोजक कमिटि गठन गरिएको छ ।

२२ वटा विभिन्न शीर्षकका उपसमितिहरु तथा सल्लाहकार मण्डल समेत गठन गरिएको छ । उक्त समितिमा १७४ जना लायन्स लिडरहरुले प्रतिनिधित्व छ ।

कार्यक्रम व्यवस्थापन गर्नको लागि काठमाडौं क्षेत्रका ३ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ काठमाडौं अग्रणी, काठमाडौं बनस्थली र काठमाडौं उपकारले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेका छन् ।

You might also like
Comments
Loading...