दुज्यातानको फ्यान नेपालमा पनि धेरै रहेका छन् : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय राष्ट्रिय पर्यटन र राष्ट्रिय पर्यटन पुनरूत्थान प्राविधिक समितिले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री प्रेमबहादुर आलेले दुज्यातानले नेपालमा फिल्म छायाङ्कन गर्ने योजना बनाएकोमा खुसी ब्यक्त गरेका छन्।

त्यसका लागि आफु र मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका मन्त्री आलेले समय निकालेर नेपाल भ्रमणमा आएकोमा धन्यवाद दिएका छन् ।

मन्त्री आलेले भनेका छन् ‘तपाईको चर्चा टर्कीमा मात्र नभएर विश्वमा रहेको छ’ । तपाईको नेपाल भ्रमणले विश्वमा चर्चा चलेको छ । त्यसका लागि तपाईलाई धन्यवाद ’ दुज्यातानको फ्यान नेपालमा पनि धेरै रहेको बताएका मन्त्री आलेले पोखरा भ्रमणको बेला एयरपोर्टमा कुर्ने सयौँको भिडले पनि त्यो प्रमाणित गर्ने बताए ।

मन्त्री आलेले भने ‘मैले थाहा पाएँ तपाई र तपाइँको टोलीको फेरि नेपाल आएर फिल्म बनाउने तयारी छ’ । ‘त्यसका लागि मेरो मन्त्रालयको तर्फबाट जे जस्तो सहयोग गर्नुपर्छ हामी तयारछौ ।’

मन्त्री आलेले आफुले फेरि दुज्यातानलाई नेपालमा स्वागतको आसशा गरेको बताए । ‘घाइते अवस्थामा पनि नेपाल भ्रमण आउनुभयो । तपाई र तपाईंको टिमलाई धन्यवाद’ मन्त्री आलेले भने ।

दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए । नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए ।

टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए ।

‘मेरो यो पहिलो भ्रमण हो, अन्तिम होइन’ उनले थने- ‘हामी फेरि भेट्नेछौँ ।’ उनले आफ्नो भ्रमणमा सहयोग गर्ने र आफुलाई माया गर्ने सबैप्रति आभार ब्यक्त गरे ।

नीर शाह, आकाश अधिकारी, गायिका इन्दिरा जोशी, दीपाश्री निरौलालगायत सेलिब्रेटीको समेत सहभागिता रहेको कार्यक्रममा दुज्यातानको टिमलाई शिरमा भादगाउँले टोपी समेत लगाइदिइएको थियो ।

सोमबार नेपाल आएका दुज्यातान मंगलबार पोखरा भ्रमण निस्किएका थिए । पोखराको फेवाताल, बेगनासताल तथा सराङकोटलगायत विभिन्न पर्यटकीय स्थालको उनले भ्रमण गरेका थिए ।

कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आएका हुन् ।

उनको आगमनले टर्कीका पर्यटकहरुको आगमनमा बृद्धि हुने विश्वास मन्त्रालयको रहेको छ ।टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिश्रृंखला ‘अर्तुगुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् ।

सोही टेलिश्रृंखलाबाट उनी विश्वभर चर्चित बनेका हुन् । दुज्यातान बिहीबार राती टर्की फर्किएका छन् ।

 

You might also like
Comments
Loading...