सबै मतदान स्थलबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

काठमाडौं । सबै मतदान स्थलबाट बुधबार र बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने निर्वाचन आयोगले जानकरी दिएको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागिएको आयोगले जनाएको हो ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ ।

त्यस्तै, आयोगले मतदाता शिक्षा पनि दिने भएको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।

यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षण समेत दिएको थियो ।

 

You might also like
Comments
Loading...