मंकीपक्स भाइरस के हो ? जान्नुहोस् यसका लक्षण र बच्ने उपायहरु !

काठमाडौं । ‘मंकीपक्स’ एशिया महादेशको लागि दुर्लब नाम र रोग हो। तर पछिल्लो समय हवाई यातायातको सहजले गर्दा एक देशबाट अको देशमा सजिलै जानसकिने भएकाले यस्ता रोग चाडै फैलिने सम्भावना रहेको हुन्छ ।

नेपालमा भने यो रोग आइसकेको छैन तर पनि यो रोग नहाउँला भन्न सकिदैन । अफ्रिकी महादेशमा सिमित जस्तो देखिएको ‘मंकीपक्स’ अहिले युरोपियन मुलुकमा पनि संक्रमित देखिएका छन् ।

आज हामी तपाइलाई पश्चिम तथा अफ्रिकामा फैलिएको’मंकीपक्स’ रोगकोबारे जानकारी दिन गइरहेका छौ । हाल यो राग युरोपियन पश्चिम तथा मध्य अफ्रिकामा देखिँदै आइरहेको ‘मंकीपक्स’ भाइरस बेलायत, युरोप हुँदै अमेरिकामा पुगिसकेको छ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो। यसै कारणले पनि यसको नाम ‘मंकीपक्स’ राखिएको हो। तर मानिसमा भने सन् १९७० मा कंगो देशमा देखिएको थियो।

पछिल्लो समयमा  युरोपेली देशहरुमा पनि ‘मंकीपक्स’ संक्रमितहरु देखिने क्रम बढ्दै गइरहेको छ, भने हालै अमेरिकामा पहिलो ‘मंकीपक्स’ संक्रमित पुष्टि भएको छ। सो संक्रमित क्यानाडाबाट फर्किएको थियो।

तर त्यहाँ ‘मंकीपक्सु संक्रमितसँग सम्पर्क थियोरथिएन यकिन भने भइसकेको देखिँदैन। तर क्यानाडामा पनि शंकास्पद ‘मंकीपक्सु का (तर पुष्टि हुन् बाँकी) बिरामीहरु देखिएको भनिएको छ।

बेलायतको युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार ‘मंकीपक्स’ को पहिलो बिरामी नाइजेरिया देश (अफ्रिकी) भ्रमण गरेको इतिहास थियो।

एशियामा भने पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आइपुगेका एक व्यक्तिमा देखिएको थियो। बेलायत तथा अमेरिकामा देखिएका कतिपय संक्रमितहरुको स्रोत थाहा भएको देखिँदैन जुन वैज्ञानिक तथा नीति निर्माताको लागि चाखलाग्दो तर चिन्ताकोर टाउको दुखाईको बिषय बनेको छ।

लक्षणहरु

-यो  लागेपछि संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’को लक्षणहरु देखिने गर्दछ।

-शुरुको अवस्थामा भने अरु संक्रामक रोगहरुसँग मिल्दोजुल्दो लक्षण देखिने गर्दछ।

-ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन्।

-यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहार तथा शरीरमा बिबिराहरु देखिन थाल्दछ जुन पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै र झर्ने गर्दछन्।बिबिराहरु अनुहार तथा हात-खुट्टा तिर बढी देखिने गर्दछन्।

मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ।

तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने गर्दछ।

सर्ने अवस्था

‘मंकीपक्सु भाइरस मानिसमा संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्नेछ।विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो संक्रमण सर्न सक्ने भनिएको छ।

मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्नरसंक्रमण गर्न सक्दछ। हाल बेलायतमा देखिएका ‘मंकीपक्स’ संक्रमितहरु मध्य कतिपय गे, बाई सेक्सुअलहरु पनि छन्, जुन सामान्य भने होइन।

वैज्ञानिकहरु पनि त्यसकारण अचम्मित भएका छन्। यसले वैज्ञानिक जगतमा तातो बहसलाई जन्माई दिएको छ। यसको विशेष औषधि त छैन तर उपलब्ध एन्टीभाइरल औषधी भने प्रयोग गर्न सकिन्छ।

स्मलपक्स विरुद्ध प्रयोग भएको खोपले यो संक्रमण विरुद्ध पनि प्रभावकारी काम गर्न सक्दछ भनिएको छ।
सुझाव

भरखरै पश्चिम तथा मध्य अफ्रिकामा पुगेको अथवा हाल संक्रमण फैलिरहेको देशबाट फर्किएको हो र शरीरमा बिबिराहरु देखिएको अवस्था भएमा स्वस्थकर्मीको परामर्श लिनु आवश्यक पर्छ किन भने त्यो ‘मंकीपक्स’भाइरसको संक्रमण पनि हुन सक्दछ। याे राेग लागेपछि निमोनिया, एनकेफलाईटिस, अन्धोपन  जस्ता जटिलता आउन सक्छन् ।

You might also like
Comments
Loading...