यस्तो छ मोटरहेड बाइकको नयाँ मूल्यसूचि

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेड मोटरसाइकलको नयाँ मूल्यसूचि सार्वजनिक भएको छ । वैशाख ११ बाट लागु हुने गरी नयाँ मूल्यसूचि सार्वजनिक भएको मोटरहेडका लागि नेपालको एकमात्र आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले जनाएको छ ।

नयाँ मूल्यसूचि अनुसार स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार, एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, स्पोर्टस् २५० (अफरोड) ३ लाख ७२ हजार, स्पोर्टस् २५० (रोड) ३ लाख ७५ हजार, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजार, एक्स टर्क २५० को मूल्य ३ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा ग्राहकले मोटरहेड खरिद गर्न सक्नेछन् । १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयरको सुविधा सहित डिलर छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

सबैको पहुचमा रहेको मोटरहेड वाइकको सस्तो मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीले जनाएको छ ।

You might also like
Comments
Loading...