झापामा देखिएको ‘नैरोबी फ्लाइ’ के हो ? जान्नुहोस् लक्षण र उपचार विधि

काठमाडौं । बर्तमान समयमा अवैज्ञानिक बिकासले गर्दा अहिले जलवायु परिर्वन भइरहेको छ । जसको कारणले गर्दा समाजमा अनेको समस्याहरु सृजना भइरहेका छन् । समाजमा भन्ने गरिन्छ कि विकासले नै समाज परिर्वतन हुन्छ !  तर त्यही विकास अबैज्ञानिक तरिकाले गरीयो भने त्यो मानवको लागि घातक साबित हुन पुग्छ । यसको ज्वलन्त उदाहरण हो बर्तामान अवस्थामा मानिसले भोगिरहेको कोरोना भाइरस, मंकिपस  जस्ता विश्वलाई नै तहस नहन बनाउने रोगहरु हुन् ।

कोरोना भाइरसको कारणले विश्वभरीमा करोडौको ज्यान लियो भने मानिसको जीवन अस्थव्यस्थ नै पारिदियो । जसको कारण अझै पनि विश्व अर्थतन्त्रमा सुधार आउन सकेको छैन् । यसकोअसर नेपाल पनि अझै पनि कायमै छ ।

कोरोना भाइरसले त सन २०१९बाट नै विश्वका बैज्ञानिकलाई पनि चुनौति दिइरहेको छ । यसको खोप त बनेको छ तर पनि अझै पनि नियन्त्रणमा लिन सकिएको छैन् ।

त्यस्तै पछिल्लो समयमा नेपालको झापामा ‘नाइरोबी फ्लाइ’ रोगको प्रकोप देखिरहेको छ । विषेशगरी झापाका विभिन्न स्थानमा केही समय देखि नैरोबी फ्लाईको प्रकोप देखा परेको हो ।

मानिसहरुमा भय सृजना गराइरहेको यो किराको नाम ‘नाइरोबी फ्लाइ’ हो यो रोग पूर्वी अफ्रिकाबाट भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी हुदै नेपालको पूर्वी क्षेत्रमा नैरोबी फ्लाई प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।

साधारण त यो झरीको बेला देखा पर्ने गर्छ । यो रातको समयमा खिर्की दैलो राम्रोसँग बन्द नगर्दा यो घरभित्र पस्ने गर्छ र मानिसको छालासित सम्पर्कमा आउँछ । हाल यो किराहरु सिक्किम, दार्जिङ, कालिम्पोङ, पेदोङ, सिलिगुडिका विभिन्न ठाउँहरुमा पनि देखिएको दाबी गरिएको छ।

। यो किरा मूलत:अफ्रिकामा पाइने किरा हो । तर अहिले हाम्रो  Indo-Nepal Border  लगायत पहाड़ क्षेत्रहरुमा पनि सो किराले धेरै नै मानिसहरुलाई आतंकित बनाई रहेको छ।

नैरोबी फ्लाई लेटोक्दैनन्, तर मानिस वा अन्य जीवको छालामा बस्दा यसलाई चलाएमा यो किराले एक शक्तिशाली रसायनिक पदार्थ छोड्छन् । जसको कारणले जल्ने, पोल्ने अथवा घाउ हुने गर्द छ । यसै कारण यसलाई ड्रेगन बग (Dragon bug)  अनि एसिड बग  (Acid bug) पनि भनिन्छ। यदि यो किरा मान्छेको शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टकटक्याउनू पर्छ र यसलाई चलाउनु वा छुनु हुँदैन।

‘नाइरोबी फ्लाइ’ भएमा के गर्ने ?

यदि तपाई नाइरोबी फ्लाइ किराको सम्पर्कमा आएको र तपाइको शरीरमा पोल्ने, घाउ हुने लगायतको समस्या देखा परेमा नजिकै को स्वस्थ केन्द्रमा गई उपचार गराउन सक्नु हुनेछ।

‘नाइरोबी फ्लाइ’बाट बच्ने उपायहरु

– सुत्नु अघि ओछ्यान वरपर सफा गर्नु होस।

– सके मच्छड़ दानी मुनि सुत्नुहोस्।

-अँध्यारो हुनु अघि सबै खिरकी र दैलोहरू बन्द गर्नुहोस्।

– यदि तपाइले सो किरालाई छुई पठाउनु भए त्यस पछि तपाईको हाथले आँखा छुनबाट बाच्नु होस। आफ्नो हात र प्रभावित क्षेत्र तुरुन्तै पानी र साबुन ले धुनुहोस्।

– यदि तपाईंले आफ्नो छालामा एउटा घस्रिरहेको देख्नुभयो भने, यसलाई हाथले छुनुको सट्टा उडाउनुहोस्। तपाइँ यसलाई तपाइँको छालाबाट हटाउनको लागि कागजको टुक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ।

– घर र वरपर अतिरिक्त झर जंगल नराख्नु होस् ।

 

 

You might also like
Comments
Loading...