नेचुरल साकोस १५औं वर्षमा प्रवेश

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १५औं वर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार १५औं स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन् ।

‘सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय उन्नयनका लागि समुदायमा आधारित नेचुरल साकोसले विभिन्न आरोह र अवरोहबीच आज जुन पहिचान बनाएका छ, त्यसको आधार सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सक्रियता, परिश्रमी कर्मचारी र नेतृत्व नै हो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बचत तथा ऋण कारोबारसँगै, डिजिटल सेवा, सामाजिक कार्य, विभिन्न रचनात्मक कार्यकै कारण उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको छ ।’

सेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति, कर्मचारीहरुकै योगदानका कारण सहकारी आजको अवस्थामा आइपुगेको पाठकले बताए ।

प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको सहकारीले आगामी दिनमा पनि स्तरीय एवंं विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

सहकारीको प्रधान कार्यालय जोरपाटीमा छ भने सदस्य सेवा केन्द्रहरु नयाँबजार, साँखु, कालिमाटी, काँडाघारीमा रहेको छ ।

You might also like
Comments
Loading...