नेपाल बैंकको सञ्चालक समितिमा मनोनित शर्माद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल बैंक लि. सञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेशकुमार शाक्यको स्थानमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनित भएका छन् ।

शुक्रबार एक कार्यक्रमबीच शर्माले सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अर्यालले सार्वजनिक प्रशासन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई स्वागत गरे ।

त्यस्तै, बिदा भएर जान लागेका शाक्यले आफ्नो कार्यकालमा सञ्चालक समितिमा रहेर पुर्याएको योगदानका लागि धन्यवाद दिए ।

You might also like
Comments
Loading...