एनडीएच बिरयानी मसला नेपाली बजारमा

काठमाडौं । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ । बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न पाँच प्रकारका बिरयानी मसला पहिलो पटक नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो ।

कम्पनीले एनडीएच ब्राण्डमा बिरयानी मसला, शाही बिरयानी मसला, बिरयानी मसला पुलाव, चिकेन बिरयानी मसला र मटन बिरयानी मसला बजारमा ल्याएको हो ।

पछिल्लो समय नेपालमा पनि बिरयानीका पारखीहरु बढेको सन्दर्भमा आयातीत महङ्गा र गुणस्तरहीन मसलालाई प्रतिस्थापन गर्न नेपाली अर्गानिक मसला उत्पादन गर्दै आएको कम्पनीले एनडीएच ब्राण्डमा बिरयानी मसला पनि उत्पादन र बजारीकरण शुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक कमल सिंहले जानकारी दिए ।

कम्पनीले झण्डै ६० प्रकारका मसला उत्पादन गर्दै आइरहेको छ । ‘एनडिएम मसला गुणस्तरीय छ,’ उनले भने, ‘नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’

You might also like
Comments
Loading...