‘स्वदेशी मसला उत्पादनलाई प्राथमिकता दिने वातावरण राज्यले नै बनाउनुपर्छ’

केम्स सिंह, प्रमुख कार्यकारी अधिकृत, एनडिएच मसला

श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) उद्योगले एनडिएच ब्राण्डमा मसला उत्पादन गर्दै आइरहेको छ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यसहित उद्योगले मसला उत्पादन गरिरहेको बताउँछन् प्रमुख कार्यकारी अधिकृत केम्स सिंह । यो ब्राण्ड विदेशस्थित विभिन्न देशमा समेत निर्यात हुँदै आइरहेको छ । यसैक्रममा एनडिएच मसलाका विशेषता, बजारको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर सिंहसँग खबर सेवाले गरेको कुराकानी :

एनडिएच मसला कति भेराइटीमा उत्पादन हुँदै आइरहेको छ ?

हामीले बिगत ७ वर्षदेखि एनडिएच ब्राण्डको मसला उत्पादन गर्दै आइरहेका छौं । श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स ९श्री बिआइइटी० उद्योगमार्फत एनडिएच ब्राण्डमा मसला उत्पादन गरिरहेका छौं । हामीले अहिले ५५ वटा भेराइटीमा मसला उत्पादन गरिरहेका छौं । नेपालमा करिब १ सय वटा डिलरमार्फत हामीले मसला बिक्री गरिरहेका छौं । देशभरको मुख्य बजारमा हाम्रो मसला छरिएको छ ।

नेपाली बजारमा एनडिएच मसलाको माग कस्तो छ ?

नेपाली ब्राण्डको मसलाबाट नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यतासहित एनडिएच ब्राण्डमा मसलाहरु हामीले उत्पादन गरिरहेका छौं । पछिल्लो समयमा आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं । हामीले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन बजारमा ल्याएका छौं । स्वदेशी बजारसँगै विदेशमा पनि मसलाको माग राम्रो छ ।

विदेशमा कुन–कुन देशमा मसला निर्यात हुँदै आइरहेको छ ?

अमेरिका, अष्ट्रेलिया, दुवई, कतार, फ्रान्स, जापान, युके, क्यानडा लगायतका देशमा मसला निर्यात हुँदै आइरहेको छ । विदेशमा राम्रो भोलुममा मसला निर्यात भइरहेको छ । निर्यातको क्रमलाई अझै बढाउने तयारीमा हामी छौं ।

एनडिएच मसलाका उपभोक्ताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

उपभोक्ताले एक पटक प्रयोग गरिसकेपछि पुनः एनडिएच मसला नै प्रयोग गरेको पाएका छौं । उहाँहरुको प्रतिक्रियाबाट हामी उत्साही छौं । हामी सधैं गुणस्तरीय उत्पादनमा प्रतिबद्ध भएर लागिरहेका छौं ।

बजारमा अझै पनि विदेशी मसलाको बलियो उपस्थितिले बजार विस्तारमा समस्या सिजर्ना भएको छ कि छैन ?

हामीले विदेशबाट आयात गरिएका मसला लगायतका प्रडक्टसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । पछिल्लो समयको व्यापार घाटालाई समेत मध्यनजर गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण बनाउन राज्य नै लाग्नुपर्ने आवश्यकता देखेको छु । विदेशी मसला नआएपनि नेपाली मसलामा नै हामी आत्मनिर्भर बन्न सक्ने अवस्था छ । विदेशी मसला भन्ने वित्तिकै राम्रो क्वालिटीको हुन्छ भन्ने भ्रम पनि कतिपय उपभोक्तामा देखिन्छ । हामीले विदेशी मसलाको भन्दा राम्रो क्वालिटीमा स्वदेशी उत्पादन गर्दै आइरहेका छौं । नेपाली उद्योगहरुबीच स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । तर, नेपाली कम्पनीहरुले आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्ने र विदेशी प्रडक्टहरुको दबदबा बढ्दै जान्छ भने त्यो देश र स्वदेशी लगानीकर्ताहरुको हितमा हुँदैन ।

एनडिएच मसलाको मुख्य विशेषता केके छन् ?

गुणस्तर नै यसको मुख्य विशेषता हो । आइएसओ ९००१ स् २०१५, आइएसओ २२००० स् २००५, एचएसिसीपी, हलाल र एफडिएबाट मान्यता प्राप्त ब्राण्ड हो । नेपालका विभिन्न ठाउँमा उत्पादित कच्चा पदार्थको प्रयोग गरी मसला उत्पादन गरिएको छ । उद्योगमा नविनतम प्रविधिको प्रयोग छ । धेरै भेराइटीमा मसला उत्पादन पनि गर्दै आइरहेका छौं ।

स्वदेशी उत्पादनको बिक्री कसरी बढाउन सकिएला ?

नेपालमा जुन प्रडक्ट छैन त्यो प्रडक्टलाई आयात गर्नुपर्छ । तर, नेपालमा प्रयाप्त मात्रामा उत्पादन भएको बस्तुलाई यहीँ प्रोत्साहन गर्नुपर्छ । स्वदेशी उत्पादन नै प्रयोगको वातावरण बनाउनतर्फ सरकारको ध्यान जान आवश्यक छ । व्यापार घाटा कम गर्न पनि यसले सघाउँछ ।

मसलाबाहेक कुनकुन प्रडक्ट उत्पादन गर्दै आउनुभएको छ ?
एनडिएच चिप्स र क्रन्ची उत्पादन गर्दै आइरहेका छौं । यसका लागि आफ्नै नाइट्रोजन प्लान्ट स्थापनासमेत स्थापना गरेका छौं । अब छिट्टै सोयाबिन पनि ल्याउने तयारी भइरहेको छ । फुरनदाना र दालमोठको उत्पादन सुरु गर्ने तयारीमा छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
एनडिएच मसला स्वदेशी उत्पादन भएकाले सम्पूर्ण नेपाली उपभोक्ताले मन पराइदिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । स्वदेशी उत्पादनको प्रयोग बढेमा लगानीकर्ताहरुमा पनि लगानीमा उत्साह थपिनेछ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी छौं । हाम्रो अभियानमा तपाईं उपभोक्ताहरुको साथ छ । राज्यले पनि स्वदेशी उत्पादनको प्रयोग बढाउँदै आयातलाई घटाउनतर्फ जोड दिनुपर्छ ।

 

 

You might also like
Comments
Loading...