पाटनमा अर्गानिक एण्ड न्याचुरल एग्रो फेयर सुरू, एनडिएच मसला प्रदर्शन

ललितपुर । ललितपुरको पाटन संग्रहालयमा पाचौं अर्गानिक एण्ड न्याचुरल एग्रो फेयर सुरू भएको छ । वैशाख १ गते बिहीबार सुरू भएको फेयर वैशाख ४ गते आइतबारसम्म चल्नेछ ।

स्वदेशी अर्गानिक प्रडक्टलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित फेयरको बिहीबार नयाँ वर्षको दिन काँग्रेस वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले उद्घाटन गरे ।

फेयरमा दर्जन भन्दा बढी ब्रान्डका स्टल राखिएका छन् । फेयरमा नेपालको प्रसिद्ध मसला ब्रान्ड एनडिएच पनि प्रदर्शनी राखिएको छ । नेपाली प्रडक्टलाई स्वदेशी उपभोक्ता माझ थप परिचित गराउन फेयर सफल हुने एनडिएच मसलाका सञ्चालक कमल सिंहले जानकारी दिए ।

You might also like
Comments
Loading...