आज नेप्से १.१५ अंकले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचकमा उतारचढाव आएको छ । कारोबारको सुरुवाती अवस्थामा बढेको २२ अंकले बढेको नेप्से कारोबार बन्द हुँदा भने हिजोको तुलनामा १ अंकले मात्रै बढेको छ ।

सोमबार सेयर बजार परिसूचक ९नेप्से० १ दशमलव १५ अंकले मात्र बढेको हो । आज नेप्से १ दशमलव १५अंकले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज २ सय १७ वटा कम्पनीका १ करोड ५ लाख भन्दाबढी सियर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाखको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जलविद्युत् लगानी तथा विकास कम्पनी, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमश स् अगाडि आज सियर कारोबारमा अगाडि रहे ।

बैंकिङ ५, जलविद्युत् १८, उत्पादन १०९ र ब्यापार उपसमूह ७६ अंक बढे । अन्य १०, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ५८, जीवन बीमा १९, होटल तथा पर्यटन ६०, फाइनान्स २ र विकास बैंक उपसमूह ५९ अंक घटे । कुल ११५ कम्पनीको मूल्य घटदा ५८ को बढ्यो भने ६ को स्थिर रह्यो । बुटवल पावर र गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो ।

 

You might also like
Comments
Loading...