वसन्त पञ्चमीको पूर्वसन्ध्यामा नेस्ट मेन्टेश्वरी चिल्ड्रेन हाउसका विद्यार्थीको स्वास्थ्य परीक्षण

काठमाडौं । ललितपुरको धापाखेलमा रहेको नेस्ट मेन्टेश्वरी चिल्ड्रेन हाउसले विद्यार्थीहरुको लागि स्वास्थ्य परीक्षण गरेको छ । वसन्त पञ्चमीको पूर्व सन्ध्या मन्टेश्वरीले स्वास्थ्य परीक्षण गरेको हो ।

साना बच्चाहरूको शैक्षिक विकाससँगै शारीरिक र मानसिक स्वास्थ्यमा पनि ध्यान दिने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको प्रिन्सिपल अनुराधा श्रेष्ठले जानकारी दिइन् । ‘बच्चाहरु बिरामी भएपछि मात्रै स्वास्थ्य परीक्षण गर्ने प्रचलन बढी छ, जुन गलत हो । समय समयमा स्वास्थ्य परीक्षण गरी बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आवश्यक छ,’ उनले भनिन् ।

बच्चाको जीवनको प्रारम्भिक सिकाइ चरणहरूमा हुन सक्ने स्वास्थ्य समस्याहरूको बारेमा मन्टेश्वरी सचेत रहेको समेत श्रेष्ठले बताइन् । डा. श्रीराम प्रसाद शाहले बच्चाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । मन्टेश्वरीले समय समयमा बच्चाहरुको स्वास्थ्य परीक्षण गराउनु सकारात्मक काम रहेको डा. शाहले बताए ।

मन्टेश्वरीले स्वास्थ्य परीक्षणसँगै सचेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरेको छ । अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । साना बाबु र नानी दुवैले अध्ययनको लागि राम्रो वातावरणसँगै समान अधिकार पाउनुपर्नेमा उक्त अवसरमा जोड दिइएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिइन् । ‘बच्चाहरुमा लैंगिक विभेद हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन् ।

 

You might also like
Comments
Loading...