औषधि अभाव हुँदा बिरामी समस्यामा

काठमाडौं । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ ।

दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए ।

दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदै आएको छ ।

औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका-२ की रमिता कार्कीले गुनासो गरे ।

औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनले प्रश्न गरे । उक्त अस्पताल ५० शश्याको छ । यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए ।

You might also like
Comments
Loading...