संसदमा नयाँ सांसद्को उपस्थिति उत्साहजनक देखिएन : गृहमन्त्री लामिछाने

काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ आशा र उमंग बोकेर संसदमा आएका सांसद्को उपस्थिति उत्साहजनक नदेखिएको बताएका छन् ।

मंगलबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘नयाँ आशा र उमङ्ग बोकेर संसदमा आएका हामीलाई संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन। बहसलाई विषय केन्द्रित बनाइएन भने सांसदहरूको कुरा सुन्न जनतालाई उत्साह हुने छैन ।’

त्यस्तै, उनले राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक रहेको बताएका । साथै उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन समेत संसद्हरुलाई आग्रह गरेका छन् ।

लामिछानेले संसद्को बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। लामिछानेले गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी समेत गरेका छन्।

You might also like
Comments
Loading...