छैठौं प्राङगारिक कृषि मेला भृकुटीमण्डपमा जारी

काठमाडौं । ‘छैठौं प्राङगारिक कृषि मेला – २०७९’ काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरु भएको हो ।

अर्गानिक एशोसियसन नेपालको आयोजनामा भएको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले गरेका हुन् । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लघु घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात र राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हटाउन सहजीकरण गर्ने बताए ।

उनले प्राङगारिक खेतीलाई राज्यले प्राथमिकतामा राखेको समेत उल्लेख गरे ।दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने पनि बताए । केही दशक अघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए ।

‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ, त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’ उनले भने ।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने जानकारी दिए । अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अर्गानिक एशोसियसन नेपालका अध्यक्ष डा। दिपक प्रकाश बाँस्कोटालेअर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजक जानकारी दिए।

त्यस्तै, अर्गानिक एशोसियसन नेपालकी महासचिव शान्ता बाँस्कोटाले मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने बताइन ।६ गतेसम्मका लागि संचालन हुने उक्त मेला औद्योगिक व्यापार मेलासँगै आयोजनामा भएको हो ।

You might also like
Comments
Loading...