तनहुँ जलविद्युत् आयोजनाः ‘सुक्खायाममा विद्युत् आपूर्तिमा सहज’

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ । विशेषगरी सुक्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनुका साथै स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि सेतीनदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्किट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

जलाशययुक्त यस आयोजना बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिन्छ । आन्तरिक उत्पादनबाट हिउँदको विद्युत् अभाव हटाउन र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाको जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । उनले भने, ‘आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगसम्म करिब १८ किलोमिटरसम्म फैलनेछ ।’

bz}+df klg lg/Gt/ sfd
bdf}nL, @( c;f]h . tgx’Fsf] Clifª ufpFkflnsfdf lgdf{0ffwLg !$) d]uf jf6 Ifdtfsf] tgx’F hn ljB’t cfof]hgf bz}+df klg lg/Gt/ ;~rfng x’Fb} . bz}+df klg cfof]hgfn] sfdnfO{ tLj|tf lbO/x]sf] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;
सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहमा ७०÷७० मेगावाटका दुई वटा फ्रान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने उनले बताए ।

उनका अनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सबस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ । आयोजना जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र बन्दीपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दा प्रभावित हुनेछन् । निजी जग्गाधनीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।

You might also like
Comments
Loading...