सरकारलाई एसपीपीबारे कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं । सरकारलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्रामबारे कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो । देउवा नआएकोप्रति विपक्षी सांसदहरुले आपत्ति जनाएका थिए।

प्रधानमन्त्री नआएपछि  आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो।

शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो।

नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउनुपर्ने भन्दै माग राखेका थिए। एमाले सांसद भिम रावलले प्रधानमन्त्री संसदसँग जवाफदेही हुनुपर्ने धारणा राखे। ‘यो कुतर्क हो। प्रमले भनेको कुरामा प्रम जवाफदेही हुनु पर्दैन?’भन्दै रावले प्रश्न समेत गरेका थिए । तर  नेपाली कांग्रेस र गठबन्धन दलका सांसदले भने देउवा नआएकोमा बचाउ गरेका थिए।

You might also like
Comments
Loading...