एनआईसीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘म्यानेजर अफ द इअर अवार्ड’

काठमाडौं । नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई सम्मान गरेको छ । ‘म्यानेजर अफ द इअर अवार्ड–२०२२’बाट उनी सम्मानित भएका हुन् ।

राजधानीको याक एन्ड यति होटलमा संघले शनिबार आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कारप्रति आभार व्यक्त गरे ।

न्यौपानेको नेतृत्वमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई.४१ दशमलव ४३ पुगेको छ ।

उनी यस अगाडि राष्ट्रपतिज्यूबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ) लगायतका अवार्डबाट सम्मानित भइसकेका छन् ।

 

You might also like
Comments
Loading...