लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् ।

वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराए । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताए ।

गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

You might also like
Comments
Loading...