election

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ ।पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले बताए ।

You might also like
Comments
Loading...