बंगाली टिभी अभिनेत्री पल्लवी घरभित्र झुण्डिएको अवस्थामा फेला

बंगाली टिभी इन्डष्ट्रिकी चर्चित अभिनेत्री पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आइतबार बिहान भेटिएको हो । प्रहरीका अनुसार प्राथमिक छानबिनपछि यो आत्महत्या मामिला बताइँदै छ ।

पल्लवीको शव उनको घरको पंखामा झुण्डिएको थियो । पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल लग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।

भारतीय सञ्चार माध्यमका अनुसार यो मामिलामा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।पल्लवीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीले नायिकाले आत्महत्या गर्नु पछाडिको कारण जान्ने कोसिस गरिरहेको छ ।उनी टिभी शो ‘मोन माने ना’ मा मुख्य भूमिकामा देखिएकी थिइन् ।

पल्लवी करियरको कुरा गर्नु पर्दा टिभी सिरियल ‘रेशम झाँपी’ मा काम गरेपछि उनले विशेष पहिचान पाएकी थिइन् ।एजेन्सी

 

You might also like
Comments
Loading...