अबदेखि सबै अन्तर्राष्ट्रिय नाकामा तरकारी तथा फलफूलको विषादी जाँच गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ।

हाल ७ वटा नाकामा सिमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्नेगरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विषादी अवशेष परीक्षण हुने थप नाकाका लागि आवश्यक पर्ने मेशिन र किट खरिद प्रक्रिया सकेर नेपाल भित्रिने क्रम सुरु भइसकेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए।

अहिले काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुन्छ ।

साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुक्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा पनि विषादी परीक्षण सुरु हुनेछ।

You might also like
Comments
Loading...