पोखराका पत्रकार अनिल शाहीको अन्तीम श्रद्धान्जली

काठमाडौं ।  यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पोखराका पत्रकार अनिल शाहीको आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको छ ।

माघ १ गतेको काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जाहाज पोखराको सेती खोचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त जहाजमा सवार रहेका ६८ जना यात्रु र चार जना चालकदलका गरी ७२ जनाको नै घटनास्थलमा मृत्यु भएको हो ।

घटना भए पश्चात उद्धारकाे कार्य समयमा नै अगाडी बढेको भएपनि कसैको पनि जिवितै उद्धार गर्न सकिएको थिएन । नेपाली शेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्धार कार्य अगाडी बढेको थियो । त्यसैक्रममा आफन्त जनमा सोधेर हेर्दा पहिचान हुन् सकेका केहि शवहरू आफन्तको जिम्मा लगाईएको थियो भने पहिचान हुन् नसकेका शवलाई काठमाडौं लगिएको थियो ।

त्यही क्रममा पत्रकार अनिल शाहीको शव पनि पहिचाको लागि काठमाडौं पठाइएको थियो । पोखरालाई कर्मथलोको रुपमा बनाउदै आएका पत्रकार अनिल शाहीको शव आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको हो । आफ्नै धर्म सस्कृती अनुसार नदीपुरमा अन्तिम शोक सभा गरि शव यात्राका साथ लगेर अन्तिम सस्कार गरिएको छ ।

You might also like
Comments
Loading...