पोखरा १२ मा कांग्रेसबाट वडा अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस

पोखरा । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट पोखरा–१२ को वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।

वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइराला, पूर्व वडा सभापति राधेश्याम कोइरला तथा पूर्व वडा सदस्य बलबहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् ।

सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भएपछि बास्तोलाले आफू विजयी भएमा पोखरा १२ लाई नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताए । बास्तोलाले वडा सदस्यको बारेमा दुई तीन दिन भित्रै बैठक बसी सर्वसम्मत निर्णय गरिने बताए ।

बास्तोला हाल नेपाली काँग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय छन् ।

You might also like
Comments
Loading...