समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका हुन् । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे ।

उनले भने, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।”

उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भने, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।”

नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताए । नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक-पटक व्यक्त गरेको समेत स्मरण गरे ।

उनले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उनको जोड थियो ।

सरकारको काम कारवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने अड्काउन काम नगरी सघाउने हुनेछ भन्ने आशा व्यक्त गरे । सभापति लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ ।” भ्रष्टाचारको छानविनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पर्न नहुने उनको कथन छ ।

विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि गलत काममा सहभागी नहुने र नागरिकलाई दुःख नदिने स्पष्ट पारे ।

You might also like
Comments
Loading...