रविको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

SD Miracle

काठमाडौं । रवि लामिछानेको दल दर्ता रोक्न माग गर्दै आयोगमा अर्को उजुरी पनि परेको छ ।

लामिछानेको प्रस्तावित पार्टीको नामका विषयलाई लिएर निर्वाचन आयोगमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाईँ, पुष्कर शाहलगायतका व्यक्तिहरूका तर्फबाट जुरी परेको हो ।

दलको नाम स्वतन्त्र रहँदा समाजमा भ्रम र अन्योल उत्पन्न हुने तथा स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने भएकाले यस सम्बन्धमा विचार गरी उपयुक्त निर्णय लिन उजुरीमा माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता रोक्नुपर्ने माग उनीहरूको छ ।

You might also like
Comments
Loading...