काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक पदमा रमाकान्त दुवाडी नियुक्त भएका छन् ।
खानेपानी मन्त्रालयको सहसचिव पदमा कार्यरत दुवाडी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक पदमा नियुक्त भएका हुन् ।
यस अघि दुवाडी राष्ट्रिय सरसफाइ समन्वय समिति नेपालको अध्यक्ष भई कार्य समेत गरेका थिए ।