राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठको उम्मेदवारी

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कलाकार तथा अभिनेता मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह पुगेर श्रेष्ठले आज मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

कलाकार श्रेष्ठ लामो समयदेखि राप्रपामा सक्रिय रहेका छन् ।उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले महानगरवासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाण्डौ नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक र बालबालिकाका लागि बाटिका, युवालाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।

You might also like
Comments
Loading...