राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश पदाधिकारीमा ४ जना मनोनीत

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले विभिन्न व्यक्तिहरुलाई प्रदेश पदाधिकारीमा मनोनीत गरेको छ । पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले उनीहरुलाई मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरुमा उपसभापति गणेश पौडेल (बागलुङ), महामन्त्री अशोक खड्का (कास्की), कोषाध्यक्ष मनिषा थापा (तनहुँ) र प्रवक्ता विकास भुर्तेल (कास्की) रहेका छन् ।

पार्टीको संगठन निर्माण तथा अन्य अभियानमा मनोनीत नेताहरुबाट सक्रिय योगदान मिल्ने पार्टीले विश्वास लिएको सभापति गौतमले बताए ।

 

You might also like
Comments
Loading...