रा.वा बैंकको मधेश प्रदेश कार्यालयको आयोजनामा रक्तदान, ५१ युनिट रगत संकलन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको बताइएको छ ।

बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा संचालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरेका थिए ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

You might also like
Comments
Loading...