लोकप्रिय गायिका ऋतुलाई सम्मान

काठमाडौं । लोकप्रिय गायिका ऋतु कँडेल सम्मानित भएकी छन् । सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सम्मानित भएकी हुन् । गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कँडेललाई संस्थाले सम्मान गरेको हो ।

मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व मन्त्री शंकरप्रसाद कोइराला लगायतले गायिका कँडेलललाई सम्मान गरेका हुन् । गायन तथा सामाजिक क्षेत्रमा काम गर्न सम्मानले आफूलाई थप प्रेरणा मिलेको कँडेलले बताइन् ।

कँडेल बिगत १४ वर्षदेखि गायन क्षेत्रमा निरन्तर सक्रिय छन् । ललित कला क्याम्पस केन्द्रीय विभाग टियुबाट संगीतमा स्नातकोत्तर गरेकी कँडेल पछिल्लो पुस्ताका कलाकारहरुमा लोकप्रिय मानिन्छन् । स्टेज कार्यक्रममा उनी बढी व्यस्त हुँदै आइरहेकी छन् ।

You might also like
Comments
Loading...