रुपन्देहीको रोहिणीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २३ घाइते

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस दुुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलिसकेको छ ।

बुटवलको योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रुपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा-परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।

आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु मध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।

नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

You might also like
Comments
Loading...