साकोस शिखर गोष्ठीको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ल. (नेफ्स्कून)को आयोजनामा हुने ‘चौथो साकोस शिखर गोष्ठ-२०७९’ तयारी अन्तिम चरणमा पुगेको छ । संघले यही जेठ २९ र ३० गते गोष्ठी गर्दैछ । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित गोष्ठी आयोजना गरिएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।

होटल सोल्टीमा हुने उक्त कार्यक्रमको उद्घाटन गृहमन्त्री बालकृष्ण गर्नेछन् । गोष्ठीमा ६ सय जना भन्दा बढीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बचत अभियानमा अति आवश्यक विषय डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ, भन्ने विषयमा गोष्ठी केन्द्रित हुने बताएको छ ।

‘नवप्रवर्द्धन र वहस पैरवीका नयाँ क्षेत्रहरुमा पनि संघका क्रियाकलापलाई केन्द्रित गर्न कार्यपत्र तयारीका लागि समन्वय गरिरहेका छौं,’ पौडेलले भने, सिंगो बचत ऋण अभियानलाई संस्थागत, सुदृढीकरण, सबलीकरण र स्तरोन्नतीका साथै अगाडि बढाउन र नयाँ सम्भावनाका ढोकाहरु खोल्न साकोस शिखर गोष्ठी सफल रहने विश्वास लिएका छौं ।’

गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् । एउटा सेसन नेफ्स्कुनको हुनेछ । श्रीलंका, बंगालादेश र भारतलगायत देशबाट प्रतिनिधिहरु गोष्ठीमा सहभागी हुनेछन् । ‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायकरुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

साकोस अभियानमा भएका उपलब्धिहरूको आदानप्रदान गर्न साझा मञ्चको विकास गर्न गोष्ठी सफल हुने नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्रप्रसाद ढकालले बताए ।

You might also like
Comments
Loading...