‘कानुन बमोजिम पीडितले न्याय पाए पनि समाजिक न्याय पाउन सकेनन्’

दीपा रेग्मी ,काठमाडौं ।  महिला भएकै कारणले गर्दा धरै महिलाहरु हिंसामा पर्ने गरेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । संरक्षक समूह नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरु केवल महिला भएको काणले विभिन्न शारीरिक, मानसिक जस्ता  हिंसामा पर्दै आएको बताएका हुन् ।

नीतिगत संवाद २०२२  नामा दिएको कार्यक्रममा  बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समिती रााष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले महिला तथा बालबालीकाको विषयमा कानुन नभएका होइन् तर पनि कार्यान्वयनको विषयमा अलि फितलो भएको अवस्था रहेका बताइन्  । उनले भनिन्,’अहिले निमार्ण भएको कानुन पनि धेरै राम्रो छ तर पनि कानुन जति नै राम्रो  भए पनि जति ठुला सजाए दिए पनि हाम्रो सोचमा परिर्वतन आएन भने हामी कहिले पनि सकारात्मक रुपमा अगाडी बढ्न सक्दैनौ ,त्यसैले हामीले हाम्रो सोच लाई बदल्नु पर्छ  । अनि मात्र हम्रो देशमा हाम्रो छोरीचेलीलाई संरक्षण गर्न सकिन्छ ।’

‘कानुनको सहि तरीकाले कार्यन्वयन नहुनाले  पछिल्लो समय पडितहरुले समयमा न्याय पाएका छैनन्’, उनि भन्छिन । त्यसैले गर्दा कानुन कार्यन्वयनलाई जोड दिनु पर्ने आवश्यक रहको छ । कतिपय कानुन संसोधन  गर्नुपर्ने रहेको छ त्यसको लागि पनि हामीले सरोकारवलासंग बसेर काम गर्ने उनले बताइन् ।

राष्ट्रिय महिला आयोग शाखा अधिकृत विष्णु कुमारी न्यौपानेले  राष्ट्रिय महिला आयोगले महिला हिंसाका घटनालाई प्रत्यक्ष सम्वोधन गर्नको लागी ११४५ हेल्पलाइनसेवा ल्याएको जानकरी दिइन्  । २४ घण्टा नै सेवा दिने उद्देश्य लिएर आयोगले सो सेवा संञ्चालनमा ल्याएको उनले बताइन् । साथै उनले पछिल्लो समय बालबालीकालाई हिंसाबाट जोगाउनको लागी पाठ्यक्रममा नै यसको बारेमा समाबेश गर्नको लागि पनि सरोकारवालासंग छलफल भइरहेको जानकारी दिइन् ।

लैंगिक हिंसा नियन्त्रण सञ्जाल कि रसना ढकालले पुरुषवादी सोचको कारणले गर्दा पनि महिलाहरु हिंसामा पर्ने गरेको पाइन्छ । जतिसुकै कानुन निमार्ण गरे पनि सोचमा परिवर्तन आएन भने कानुनले केहि नगर्ने हुँदा सोचमा परिर्वतन ल्याउन अवश्यक रहेको कुरामा जोड दिइन् । साथै उनले भनिन्, ‘कानुन बमोजिम पीडितले न्याय पाए पनि पीडितले समाजिक न्याय पाउन नसकेको अवस्था अझ विकराल बन्दै गएको छ ।’ यसमा पनि हामीले बिचार गर्नु पर्ने आवश्यक रहेको बताइन् ।

संघर्षबाट संरक्षक समूह नेपालकी अध्यक्ष शान्ती सपकोटाले यो संस्था मानव बेचबिखनबाट पीडित महिलालाई संरक्षण र सशक्तिकरण गर्ने  काम गदै आएको बताइन् । उनले भनिन् ,’ मानव बेचबिखनबाट बाँचेकाहरूको समूहले महिलाहरूलाई सामाजिक कुरीतिहरूबाट जोगाउने  उद्येश्य लिएर खेलिएको यो संस्थाले धेरै चेलिहरुको उद्धार र न्यायको लागि काम गरेको समेत जानकारी गराइन् । साथै उनले भनिन्  ‘हाम्रो यस संस्थाले  सधैं देह व्यापार, सामाजिक दुर्व्यवहार, र जबरजस्ती वेश्यावृत्तिबाट महिलाहरूको सुरक्षामा केन्द्रित छ।’ उनले भनिन्, ‘हामीले मानव बेचबिखनको आपतकालीन उद्धार कार्यक्रमहरूबाट पहल गरेका थियौं, जुन त्यसपछि सामुदायिक सशक्तिकरण र सचेतना कार्यक्रमहरूमा अघि बढ्यौं।सबैभन्दा चुनौतीपूर्ण मुद्दाहरूलाई सम्बोधन गरेका छौं, सांस्कृतिक मान्यताहरूलाई चुनौती दिएका छौं, र जहाँ पनि सामाजिक अन्याय देख्यौं त्यसको लागि आह्वान पनि गर्ने गरेका छौं ।’

कार्यक्रममा संस्थाको तर्फबाट शिल्पा तिरुवा र कुमारी तमाङले महिला तथा बालबलीको अवस्था र पछिल्लो कानुनको अवस्था , अब बन्ने  कानुनहरमा कस्तो किसिमको  विषयलाई समेट्नु पर्छ भन्ने कुराहरू समेटेर  प्रतिवेदन प्रस्तुत गरेका थिए ।

You might also like
Comments
Loading...