समृद्धि फाइनान्सबाट नेपाल पे क्यु आर को सुविधा

काठमाडौं । समृद्धि फाइनान्स आबद्ध भएको नेशनल पेमेन्ट स्वीच अन्र्तगत नेपाल पे क्युआर केहि बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

नेपाल पे क्युआरको औपचारिक थालनीको घोषणा शुक्रबार नेपाल क्लियरिङ हाउस लिमिटेडले समृद्धि फाइनान्स सहित केहि बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरि गरिएको हो ।

यस सेवामा आवद्ध भई कारोबार शुरु गर्ने फाइनान्स कम्पनीहरु मध्ये समृद्धि फाइनान्स पहिलो फाइनान्स बनेको छ । यो सुविधासँगै अब समृद्धि फाइनान्सका ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अली पे र नेपाल पे क्युआर लगायत विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सक्छन् ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक ११.७१%, र बचत निक्षेपमा अधित्तम ८ % सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

 

You might also like
Comments
Loading...