हिमाल कलेजमा बिदाई कार्यक्रम

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीले १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेका हुन् ।

कलेजका प्रमुख हरि कार्कीले कक्षा १२ पासआउट भएर जाने विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बिदाई गरेको बताए । ‘१२ कक्षाको पढाई सकाएका विद्यार्थीहरुलाई ११ मा पढ्दै गरेका विद्यार्थीले बिदाई गरेका हुन् । कलेजका शिक्षकहरुसँग हार्दिकता साटासाट गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रम सहित बिदाई कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने ।

कार्कीले आगामी शैक्षिक भविष्यका लागि विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजबाट बिदाई भएर जाने विद्यार्थीहरुले कलेजको नाम थप उचो पार्नेमा विश्वास लिएको बताए ।

कार्यक्रममा इन्चार्ज मनिप्रसाद डुम्रे, एड्मिन हेड दुर्गा गुरुङ, डिसिप्लिन इन्चार्ज चेतनाथ भण्डारी, कार्यक्रमको सञ्चालक अनि शिक्षक सुदनकुमार मुल्मीले १२ कक्षाका विद्यार्थीलाई शैक्षिक करिअरका लागि शुभकामना दिएका थिए ।

३ वर्षमा ४ सय विद्यार्थी उर्तिण भएको यस कलेजले २०७७ र ०७८ को टियु बिबिएसको रिजल्टमा गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको थियो ।

You might also like
Comments
Loading...