सङ्कट निवारणकालागि श्रीलङ्काका राष्ट्रपतिद्धारा सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्। देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन् ।सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेबारी पाएको छ ।

You might also like
Comments
Loading...