अशोक सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

काठमाडौं । पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ ।

पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

टुर-ट्रेकिङ गाइडिङमा पनि संलग्न उनी पदयात्रा प्रशिक्षकसमेत छन् ।लाङटाङ सद्भावना दूत सिलवालका ‘कलम’, ’लेखक दुनियाँ’ र ’श्रीलङ्का स्मृति’ कृति प्रकाशित छन् ।

पछिल्लो समय उनले प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रालि सञ्चालन गर्छन् ।

You might also like
Comments
Loading...