म कलाकारिता क्षेत्रबाट सन्तुष्ट छु : कलाकार स्वस्तिका

सानै उमेरमा कलाकारिता क्षेत्रमा लागेकी  कलाकार हुन स्वस्तिका लामिछाने । ब्रेक फेल टेलिसिरियलबाट चर्चामा आएकी लामिछाने म्युजिक भिडियोसँगै ठूला पर्दाका चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । २०५२ वैशाखमा जन्मिएकी लामिछाने बिगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा जमेकी छन् । कलाकारिता क्षेत्रको आम्दानी, सम्भावना लगायत विविध विषयमा केन्द्रित रहेर लामिछानेसँग गरिको कुराकानी :

कहिलेदेखि कलाकारिता क्षेत्रमा लाग्नुभयो ?

कलाकारिता क्षेत्रमा म २०६९ सालदेखि आवद्ध छु । यसलाई निरन्तरता दिदै अहिलेको स्थानमा आइपुगेको हुँ ।

कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मैले स्टेज कार्यक्रम सञ्चालन गर्ने गर्दथे । कार्यक्रम सञ्चालन गर्दा गर्दै सिरियलहरको लागि अफर आउन थाले । मैले सबैभन्दा पहिला अभिनय गरेको सिरियल जिरेखुर्सानी हो । स्टेज कार्यक्रमबाट नै कलाकारिता क्षेत्रमा आवद्ध भएको हुँ ।

कलाकारिता क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?

म कलाकारिता क्षेत्रबाट सन्तुष्ट छु । यो मेरो रुचीको क्षेत्र पनि हो । मैले दर्शक तथा फ्यानहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको छु । ब्रेक फेल सिरियलले पनि मलाई दर्शकको बिचमा चिनाएको छ ।

कलाकारिता क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

कलाकारिता क्षेत्रको भविष्य राम्रो छ । पहिलाको तुलनामा अहिले कलाकारिता क्षेत्र धेरै राम्रो भएको छ । कलाकारिता क्षेत्र व्यावसायिक हुने क्रम पनि बढिरहेको छ । कलाकाारिता क्षेत्रमा पनि सम्भावना धेरै छन् । यसलाई व्यावसायिक बनाएर अगाडि बढ्न सकिन्छ । स्क्रिप्ट लेख्ने, याक्टिङ गर्ने तथा निर्देशन गर्ने कुरामा सक्रिय भएर लागियो भने कलाकारिता क्षेत्रबाट पनि केही गर्न सकिन्छ । बाँच्न मात्र नभई यस क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिन्छ ।

कुन-कुन फिल्ममा अभियन गर्नुभएको छ ?

मैले गरेका अभिनयबाट नै दर्शकले मलाई चिन्नभएको हो । मैले २ वटा फिल्ममा फुल टाइम दिएर काम गरेँ । मैले अभिनय गरेको पहिलो फिल्म सुनपानी हो । लायन्स क्लबले बनाएको अभिजालोमा पनि मैले अभिनय गरेको छु । छक्कापञ्जा, वडा नम्बर ६, शत्रु गते, लगायतका फिल्ममा पनि मैले अभिनय गरेको छु ।

 

मोडलिङमा कत्तिको अफर आउँछ ?

मोडलिङको लागि पनि अफर आइरहेका छन् । म्युजिक भिडियोको लागि पनि अफर आएका छन् । गीत छनोट गरेर मात्र अभिनय गर्छु ।

आगामी लक्ष्य के छ ?

फिल्म इन्डष्ट्रिमा केही गर्ने मेरो लक्ष्य छ । यससँगै याङ्करिङलाई अगाडि लैजानेछु ।

कलाकारितासँगै रुचीका क्षेत्रहरु के-के छन् ?

कलाकारितासँगै गीत गाउने पनि मेरो रुची हो । साथीहरुसँग घुम्न पनि मलाई रमाइलो लाग्छ । इलामको यात्रा अहिले सम्मकै सम्झन लायक छ । विदेशको यात्रामा थाइल्याण्को यात्रा अविष्मरणीय बनेको छ । थाइल्याण्डमा घुम्ने क्रममा समुन्द्रमा डुबेपछि मलाई उद्धार गरिएको हो । त्यो समय मरेर पनि बाँचे भन्ने लाग्छ ।

You might also like
Comments
Loading...