एस.जि. ग्रुपले भित्र्यायो इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्ड

काठमाडौं । एस.जि ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्प प्रा.लि.ले इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाइक तथा स्कुटर नेपाली बजारमा भित्र्याएकोे छ । कम्पनीले हालसालै यो ब्राण्डलाई नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीले तारो ब्राण्डका ‘इमोला १५० एलेक्स’ र टिनाइट १५०’ दुई मोडलमा स्कुटर र ‘जिपिटु २००’, ‘जिपीवान २५० एसआर’ र जिपिवान ३८०’ गरी तीन मोडलका प्रिमियम बाइकहरु नेपाली बजारमा पस्केको छ । कम्पनीले नक्सालको नारायणचोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गरेको छ भने काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

साथै टेकुस्थित वाइकर्स मोटर्सले पनि कम्पनीको आधिकारिक बिक्री प्वाइन्ट लिँदै यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । उपत्यका वाहिरका मुख्य मुख्य सहरहरु धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ । हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकेर आवश्यकीय संरचनाको निर्माण कार्यलाई अघि बढाइरहेको जनाइएको छ । सानोपोखरास्थित ओम अटोमोवाइल्समार्फत बिक्री सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो इमोला १५० को बिक्री मूल्य ३ लाख ३० हजार रुपैयाँ, जिपीवान २५० एसआरको ६ लाख ५० हजार रुपैयाँ र जिपिवान २८० सिसीको बिक्री मूल्य ९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

आकर्षक डिजाइनको साथै इएफआइ, टिएफटी, डिस्प्ले, सिबिएस (कम्बाइन ब्रेकिङ सिस्टम), लिक्विड कुलिड इन्जिन र अन्य मास्टर्स अफ इन्जिनियरिङहरुको अनुभव तारो ब्राण्डाको बाइक तथा स्कुटरमा गर्न सकिनेछ ।

त्यसैगरी कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गरी चैैत २४ देखि ३१ वैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा तारो ब्राण्डका कुनैपनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाउन सकिनेछ । जिपिटि २०० खरिद गर्दा २० हजार जिपिवान २५० एसआर मा २५ हजार र जिपिवान ३५० खरिद गर्दा ३० हजार छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत बैंककको प्याकेज अफर सार्वजनिक गरेको छ ।

You might also like
Comments
Loading...