स्वास्थ्य राज्यमन्त्री कार्कीले दिइन् आत्मदाह गरेका प्रेम आचार्यलाई भेटेकोबारे स्पष्टीकरण

काठमाडौं । संसद् भवन अगाडी मंगलबार आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई अस्पतालमा भेट्न गएपछि विवादमा परेकी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आइसियुमै भेट्न गएको स्पष्टीकरण दिएकी हुन् ।साथै,उनले स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क  गरेकी छन् ।

डा, कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयै गएर भेटेकोमा सन्तोष व्यक्त गरेकी छिन् ।उनले ज्यान गुमाइसकेका व्यक्तिको मृतु माथी राजनीति नर्गन समेत आग्रह गरेकी छन् ।

मृत्युसँग संर्घष गरिरहेको बिरामीलाई आइसियु प्रोटोकल विपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ । उनले मतदाताको मत र विश्वास माथी आँच आउने काम नगरेको र प्रकृयार विधिहरुलाई मिलाएर नै भेट्न पुगेको दाबी समेत गरेकी छन् ।

उनले भनेकी छन्, ‘मैले तपाईहरुको मत र विश्वास माथी आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन्र हामी भेट्न गएको प्रक्रिया अनुसार नै छ ।’

यस्तो छ उनको पुरा स्पष्टिकरण

You might also like
Comments
Loading...