संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु

काठमाडौं । नेकपा एमालेले संसदको अवरोध खोलेको घोषणा गरेको छ । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । आज सुरु भएको संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु भएको हो ।

बैठक सुरु भएलगत्तै बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए ।

देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको उनको भनाइ छ । ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यू निद्राबाट ब्यूँझिनुस् । देशको स्थिति धेरै भयावह भइरहेको छ ।’

उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

You might also like
Comments
Loading...