आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने : रिजाल

सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति भइसकेको बताएका छन् ।

आज सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम बोल्दै रिजाललेअन्य दलबाट आउनेहरुबाट पार्टी विभाजनको क्षतिपूर्ति गरिएको वताएका हुन् ।
पार्टी विभाजनका भए पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने बताए ।

अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनको भनाइ छ ।

You might also like
Comments
Loading...