डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषण पत्र सार्वजनिक गरेको छ ।आज यहाँ आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ ।

‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिबास(निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्रहण कार्य गर्ने एमालेले जनाएको छ ।

कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गर्नुभएको हो । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । एमालेले आफ्नो घोषणापत्रकार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो ।

यस्तै, रसुवागढी-काठमाडौं रेलमार्ग र वीरगञ्ज(काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तथा सबै महानगरमा र काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा जनाएको छ ।

पूर्ण पाठसहित

You might also like
Comments
Loading...