भृकुटी मण्डपमा टिभिएसको एक्स्चेन्ज मेला, युनिराइड पुनः सर्वोत्कृष्ट

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा टिभिएसको एक्स्चेन्ज मेला सम्पन्न भएको छ । चैतको २९ देखि वैशाख ३ गतेसम्म चलेको मेलामा ८ सय भन्दा बढी टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन् ।

पुराना मोटरसाइकल तथा स्कुटरको सट्टामा ग्राहकले विशेष छुटमा नयाँ टिभिएस खरिद गर्ने अवसर मेलामा प्राप्त गरेका थिए ।

मेलामा टिभिएसका २० वटा डिलरले सहभागिता जनाएका थिए । मेलामा राखिएका स्टलहरु मध्ये ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले सबैभन्दा बढी टिभिएस बिक्री गर्न सफल भएको जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।

५ दिने मेलामा ८ सय भन्दा बढी टिभिएस बिक्री हुनुले २ पाँग्रे सवारी बिलासिता नभई सर्वसाधरणका लागि अति आवश्यक साधन रहेको पुष्टि भएको टिभिएसको बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले बताए । मेलामा सहभागी भई वर्षेनी सर्बोत्कृष्ट बन्न सफल हुँदा खुसी लागेको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए ।

You might also like
Comments
Loading...